७. इच्छाशक्ति

नित्से जति रोगले गाँजेका साहित्यकार बिरलै होलान् । यसका बाबजुद पनि उनले महानतम् कृति संसारलाई दिन भ्याए ।अतः इच्छाशक्तिको अगाडि सबै समस्या कमजोर हुने कुरा उनले साबित गरे । मकहाँ आऊ, म तिमीलाई मान्छे भन्दा केही बढी बनाउन चाहन्छु– महामानव । 

मान्छे एक पोखरीजस्तै हो, कुनै ढल मिसियो भने सर्वाङ्ग फोहर भइहाल्छ । तर महामानव हुँदैन, किनभने ऊमहासागरजस्तै हुन्छ । संसारभरिका ढल मिसिएर पनि– सदा, सर्बदा, सफा । जरथुस्त्रले  भने भन्ने पुस्तकमा नित्सेले यस्तै कुरा लेखी संसारभरका सामान्य मान्छेलाई मात्र हैन, विचारकहरूलाई समेतप्रभावित गर्न सफल भए । नित्से १८४४ मा प्रसिया जर्मनीमा जन्मेका थिए । उनका बाबा पनि धर्म–दर्शनमा रुची राख्ने पास्टर भएकाले जन्मजातै दार्शनिक रुझान् उनको रगतमा बगेको मान्नसकिन्छ । यिनै दार्शनिक प्रतिभाकै कारण उनी मात्र ३४ वर्षको कलिलो उमेरमा बेसलकोे विश्वविद्यालयका प्रोफेसर बन्नसफल भए । यति सानो उमेरमा उनी भन्दा पहिला र पछि पनि कोही प्रोफेसर भएनन् । युवाकालमा जवानीको जोश थाम्न नसकी उनी बेश्यालय धाउन थाले । परिणामस्वरुप उनले कहिल्यै निको नहुने रोगसिफलिस बोकेर आए । यस रोगबाट उनी शारीरिक र मानसिक रूपमा जिन्दगीभर पीडित रहे । उनले जीन्दगीमा  सुखकादिन देख्नै सकेनन् । भनिन्छ, उनले जति पनि शारीरिक र मानसिक पीडा बोकी बाँच्ने मान्छे धरतीमै बिरलै होलान् । यतिहुँदाहुँदै पनि उनले मानव जातिलाई नै गुण लाउने गरी जरथस्त्रले भनेजस्ता पुस्तकहरू छोडेर जान भ्याए । उनले जस्तोपीडा सामान्य मान्छेले सहन परेको भए आत्महत्या गर्थे होलान् । तर उनले यसै अपार दुःखमा टेकी महानतम् कृतिहरूकोसिर्जना गर्र्दै रहे । अन्ततः उनी मानसिक रोगी भएर सन् १९०० मा मरे । उनको एउटै वाक्यले पनि संसारभरि तरङ्गल्याएको थियो र अझै त्यो तरङ्ग कायमै देखिन्छ– ईश्वर मरिसक्यो । यसका थुप्रै ब्याख्या हुनसक्छन् तर प्रष्टै सन्देश केहो भने आफूमाथि भरोसा गर, अरूको मुख नताक । र त उनले सबैलाई महामानव वा अति मानव बन्ने सन्देश छर्न भ्याए ।संयोगबस हिटलर पनि नित्सेबाट प्रेरित भए – ईश्वर मरिसक्यो  र त डर के को ? एक कलाक्षेत्रमा असफल हिटलरराजनीतिमा अति मानव बन्न सफल भए, नित्सेकै कारण । तर नित्सेको सन्देश भने अरूलाई दबाएर होइन, आफूभित्रकोशक्ति जगाएर अति मानव बन्नु थियो । जसरी  तिमी बाँदरदेखि हाँस्छौँ, महामावन तिमीदेखि हाँस्छ– अतः तिमी पनि महामानब बन्ने तिर लाग । यो कुरा आजपनि त्यत्तिकै प्रासङ्गिक छ, जति त्यो बेला थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

HTML Snippets Powered By : XYZScripts.com
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker