८. पुस्तक प्रेम

- Dr. Yogi Vikashnanda

एउटा सुविख्यात भनाइ छ– रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन्् । भनाइको अर्थ, जति बढी पढिन्छ त्यति नैनेतृत्व गरिन्छ । यो भनाइ अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा सत्–प्रतिसत लागू भएको देखिन्छ ।

त्यसबेला ओगमोन नामक एउटा गाउँमा एक जना अवकासप्राप्त न्यायाधीस बस्थे । अब्राहम लिङ्कनले उक्त न्यायाधीसकोघरेलु नोकर हुन तयार भए ।

तिमीलाई तलब कति चाहिन्छ, बाबु ?– न्यायाधीसले सोधे ।

महासय, मलाई एक पैसा चाहिँदैन, बरु हजुरसँग भएका सबै पुस्तक पढ्ने अनुमति पाउँ,– लिङ्कनले भने ।

यस्तो थियो उनको पढाइप्रतिको प्रेम, पढ्न सिकेका मात्र के थिए, त्यसैबेलादेखि उनी हातमा परेका पुस्तक पूरै नपढी चैनकोसास लिँदैनथे ।

उनी असाध्यै गरिब परिवारमा जन्मेका थिए– काठेघर र फूसको छानोमुनी । त्यसैले आफ्नो पैसाले किताब किनेर पढ्नेहैसियत उनमा थिएन । तर पुस्तक पढ्ने प्यास भने कहिल्यै मेटिएन, मरेन ।

अठार वर्षको उमेरसम्म उनले भाडाको गाडी चलाएर पेट भर्थे । त्यसपछि न्यूसालेममा एउटा स्टोरको म्यानेजर भएर कामगरे । दिनभरी ग्राहकसँग कारोबार मै बित्थ्यो तापनि ग्राहक नआएको मेसो प¥यो कि किताब पढ्नमै खटिन्थे उनी । राती त्यसैस्टोरमा कपडाको थान तकिया लगाएर सुत्नु पर्दा पनि पढ्न भने छोड्दैन थिए । यहाँनिर खाने मुखलाई जुँगाले छेक्दैन भन्नेउखान राम्ररी चरितार्थ भएको देखिन्छ ।

पछि उनले न्यूसालेममा एउटा हुलाकमा पोष्ट माष्टर भएर काम गर्न थाले । यस्तो ठाउँमा भने उनले पढ्ने मौका कहाँ पाउँदोहोलान् जस्तो लाग्न सक्छ तर उनले यहाँ पनि पढ्ने बानी कायमै राखे । किताब त पढ्ने अवसर हुदैनथ्यो तर हुलाकमा भित्रिनेसबै खाले पत्रपत्रिका भने पढ्न थाले । यसरी उनको ज्ञान–विज्ञानको भण्डार दिनानु दिन बढ्दै गयो । र, आफ्नो ज्ञान रविवेकलाई प्रयोग गरी अधिकतम मान्छेलाई फाइदा दिने ठाउँ राजनीति नै हो भन्ने कुरा ठम्याउन उनलाई गाह्रो परेन । अतःउनले थरिथरिका चुनावमा भाग लिँदै गए । सबै चुनाबमा हारे पनि उनको प्रयास जारी नै रह्यो र अन्ततः राष्ट्रपतिपदको लागिभएको निर्वाचनमा भने जितेर छाडे । पछि उनले भने क्ष्  बm ब कयिध धबपिभच दगत क्ष् लभखभच धबपि दबअप अर्थात् मसुस्तरी बढ्ने मान्छे हँु तर म गन्तब्य नपुग्दै फर्कने मान्छे चाहिँ होइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

HTML Snippets Powered By : XYZScripts.com
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker