२५. प्रयोग–परिक्षण

Dr. Yogi Vikashnanda

Dr. Yogi Vikashnanda: कालामहरूको गाँउमा पुगेका बुद्धसँग त्यहाँका बासिन्दाले सोधेका थिए– भन्ते, यहाँ तपार्इंजस्ता धेरै थरीका साधु–सन्त आउँछन् र आ–आफ्ना कुरा नै ठीक, अरूका कुरा गलत सावित गरेर जान्छन् । हामीले कसको कुरामाथी विश्वास गर्ने ?

मुसुक्क हाँस्दै बुद्धले भन्नु भयो – विद्धान वा सम्माननीय मान्छेले भनेको भन्दैमा तिमीहरूले मन्नु पर्छ भन्ने छैन, शास्त्रमा लेखिएको भन्दैमा पनि तिमीहरुले मान्नु पर्छ भन्ने छैन, यहाँसम्मकि भन्ने मान्छे बुद्धै भए पनि तिमीहरूले मान्नु पर्दैन । जबसम्म ती कुरा तिमीहरूको अनुभवमा उत्रिदैंन तबसम्म कुनै कुरा मान्नुको कुनै तुक छैन । अतः आफ्नो अनुभवमा नआएका कुरा मानेर अन्धविश्वास गर्दा मान्छे बुद्धिमान हैन मूर्ख बन्छ ।

प्रसंग बदलौं । एरिस्टोटलजस्ता सार्वकालीक विद्धानले ईशाको ३५० वर्षजति पूर्व के भनेका थिए भने माथिबाट फ्याँक्दा गहँ्रुगो कुरा हल्का कुराभन्दा पहिला जमिनमा बज्रिन्छ । यस सिद्धान्तमाथि हजारांै वर्षसम्म कसैले शंकासमेत गरेनन् । किनभने भन्ने मान्छे अत्यन्त विद्धान एवम् सम्माननीय जो थिए र त यस सिद्धान्तको सेरोफेरोमा कुनै विज्ञानका अन्य सिन्द्धान्त २ हजार वर्षभन्दा बढी समयसम्म विकसित नै हुन सकेन । अन्ततः ग्यालिलियो जन्मे । उनले एरिस्टोटलको सिन्द्धातमाथि परीक्षण गर्ने जमर्को गरे । फरक–फरक भार भएका फलामका गोलाहरू लिई उनी पिसाको टावरमाथि चढेर त्यहाँबाट यिनीहरुलाई एक साथ फ्याकेर हेरे । साना–ठूला फलामका गोला एकै साथ जमिनमा पुगे । यसरी एउटा मामुली प्रयोग–परिक्षणबाट हजारांै वर्ष पुरानो एरिस्टोटलको सिन्द्धात समाप्त भयो ।

यी महान् विद्वान मानिएका एरिस्टोटलले यो पनि भनेका थिए– पृथ्वी स्थिर छ, र यो नै सम्पूर्ण ब्रम्हाण्डको संचालन केन्द्र हो । यस सिन्द्धान्तलाई हजारौं वर्ष आखाँ चिम्लेर स्वीकार गरियो र त खगोल–विज्ञानको विकास युगांैसम्म अवरुद्ध भयो । तर जब निकोलस कोपरनिकसले यो सिन्द्धातलाई झुटो घोषणा गरे र त्यसपछि ग्यालिलियोले प्रमाणित नै गरिदिए की एरिस्टोटलको पृथ्वीसम्वन्धी सिन्द्धात गलत थियो । तर तत्कालीन मान्छेहरूले ग्यालिलियोलाई बुझ्न सकेकनन् । उनलाई पिसा विश्व विद्यालयबाट निकालीयो । आफ्नो सिन्द्धात गलत हो भनी अदालतमा स्वीकार गर्न बाध्य पारियो । तर पनि पछिका वैज्ञानिकहरुले ग्यालिलियोलाई नै सही पाए र त्यसपछिमात्र खगोल–शास्त्रको दु्रत विकास भयो । अतः कुनै पनि कुरालाई विश्वास गर्नुभन्दा परीक्षण गर्दा मानव–मस्तिष्ककोृ विकास हुने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

HTML Snippets Powered By : XYZScripts.com
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker