२४. नाईं भन्ने ताकत

Dr. Yogi Vikashnanda

Dr. Yogi Vikashnanda: एउटा रिपोर्टअनुसार मान्छे महान बन्नुको कारण आफूलाई मन परेका कुरालाई स्वीकार्नुभन्दा मन नपरेका कुरालाई पूर्णतया अस्वीकार गर्न सक्नु नै देखियो । यिनै कुराको आलोकमा केही प्रसंग कोट्याऔं ।

ग्यालियोले १७ वर्षको उमेरमा पिसा विश्व विद्यालयमा औषधि– विज्ञान पढेका थिए । तर उनलाई यो विज्ञान भने मनै परेको थिएन । खालि अरूको कर–कापले मात्र उनी पढ्न राजी भएका थिए । चार वर्षजति पढिसकेपछि यस विषयमाथि उनको वितृष्णा चरम चुलिमा पुग्यो । उनले डिग्री नलिइकनै विश्व–विद्यालय छोड्ने दुश्साहस गरे, परिणाम स्वरूप आफ्नो मनपर्ने विषय गणितमा डुब्ने अबसर पाए र अन्ततः उनी महान खगोल–शास्त्रीको रूपमा विश्व–विख्यात भए । यदि उनले मनले नखाएको विषय पढिरहेको भए उनी हदै भए एक डाक्टर हुन्थे, युग–पुरुष हैन । अतः नाईं भन्न सक्ने ताकत नै एक महापुरुषको जन्मको कारण भएको प्रष्टै देखिन्छ ।

यसै प्रसंगमा हाम्रा युगकै दुई शिखरपुरुष– स्टिब जब्स र बिल गेटस्को चर्चा गर्नु यहाँ अत्यन्त सान्दर्भिक देखिन्छ । यिनीहरूले हामीलाई बीसौँ शताब्दीबाट एकाइसौँ शताब्दीमा पु¥याएका हुन्– कम्प्युटर टेक्नोलोजीको माध्यमबाट । यस्ता अद्वितीय प्रतिभावान्हरूको अवतरण कसरीे भए त ? भन्न परोइन– नाइ भन्न सक्ने ताकतको कारणले बिल गेटस्ले विश्वकै एक नम्बरमा आउने विश्व–विद्यालयलाई डिग्री नलिइकन चटक्कै छोड्ने साहस गरे भने स्टिब जब्सले पनि कलेजको पढाइ पूरा गरेनन् र त्यसबाट निस्केको समयलाई आफ्नो मनपर्ने क्षेत्रमा होम,े परिणामस्वरूप युग–पुरुषको जन्म भयो ।

अन्तिम प्रसंग– विश्वकै सबभन्दा बढी पुस्तक बेचेर चर्चामा आएक पाउलो कोयलोको कुरा गरांै । उनी सानोमा साहित्यकार बन्न चाहन्थे तर आमा–बाबाको कर–कापमा परी कानुन पढ्न बाध्य भए । मन नपरेको विषय पढ्नुको परिणामस्वरूप उनी मानसिक रोग डिप्रेशनको शिकार भए । बल्ल आमा–बाबाको चेत खुल्यो । त्यसपछि उनीहरू आफ्नो छोरालाई जे मन लाग्छ गर्ने पूर्णतया छूट दिन बाध्य भए । उनको आफ्नो मनले खाएको विषय साहित्य थियो र त त्यसैमा प्राण लगाएर पढ्न–लेख्न थाले । परिणाम–स्वरूप उनी डिप्रेशनबाट मुक्तमात्र भएनन् धनाढ्य एवं विश्व–विख्यात साहित्यकारसमेत बन्न सफल भए । कोयलो यस कुराका ज्वलन्त उदाहरण हुन् कि मन नपरेको विषयलाई नकार्न सकेन भने मान्छे डिप्रेशन समेत हुँदो रहेछ ।
एउटा रिपोर्टअनुसार मान्छे महान बन्नुको कारण आफूलाई मन परेका कुरालाई स्वीकार्नुभन्दा मन नपरेका कुरालाई पूर्णतया अस्वीकार गर्न सक्नु नै देखियो । यिनै कुराको आलोकमा केही प्रसंग कोट्याऔं ।

ग्यालियोले १७ वर्षको उमेरमा पिसा विश्व विद्यालयमा औषधि– विज्ञान पढेका थिए । तर उनलाई यो विज्ञान भने मनै परेको थिएन । खालि अरूको कर–कापले मात्र उनी पढ्न राजी भएका थिए । चार वर्षजति पढिसकेपछि यस विषयमाथि उनको वितृष्णा चरम चुलिमा पुग्यो । उनले डिग्री नलिइकनै विश्व–विद्यालय छोड्ने दुश्साहस गरे, परिणाम स्वरूप आफ्नो मनपर्ने विषय गणितमा डुब्ने अबसर पाए र अन्ततः उनी महान खगोल–शास्त्रीको रूपमा विश्व–विख्यात भए । यदि उनले मनले नखाएको विषय पढिरहेको भए उनी हदै भए एक डाक्टर हुन्थे, युग–पुरुष हैन । अतः नाईं भन्न सक्ने ताकत नै एक महापुरुषको जन्मको कारण भएको प्रष्टै देखिन्छ ।

यसै प्रसंगमा हाम्रा युगकै दुई शिखरपुरुष– स्टिब जब्स र बिल गेटस्को चर्चा गर्नु यहाँ अत्यन्त सान्दर्भिक देखिन्छ । यिनीहरूले हामीलाई बीसौँ शताब्दीबाट एकाइसौँ शताब्दीमा पु¥याएका हुन्– कम्प्युटर टेक्नोलोजीको माध्यमबाट । यस्ता अद्वितीय प्रतिभावान्हरूको अवतरण कसरीे भए त ? भन्न परोइन– नाइ भन्न सक्ने ताकतको कारणले बिल गेटस्ले विश्वकै एक नम्बरमा आउने विश्व–विद्यालयलाई डिग्री नलिइकन चटक्कै छोड्ने साहस गरे भने स्टिब जब्सले पनि कलेजको पढाइ पूरा गरेनन् र त्यसबाट निस्केको समयलाई आफ्नो मनपर्ने क्षेत्रमा होम,े परिणामस्वरूप युग–पुरुषको जन्म भयो ।

अन्तिम प्रसंग– विश्वकै सबभन्दा बढी पुस्तक बेचेर चर्चामा आएक पाउलो कोयलोको कुरा गरांै । उनी सानोमा साहित्यकार बन्न चाहन्थे तर आमा–बाबाको कर–कापमा परी कानुन पढ्न बाध्य भए । मन नपरेको विषय पढ्नुको परिणामस्वरूप उनी मानसिक रोग डिप्रेशनको शिकार भए । बल्ल आमा–बाबाको चेत खुल्यो । त्यसपछि उनीहरू आफ्नो छोरालाई जे मन लाग्छ गर्ने पूर्णतया छूट दिन बाध्य भए । उनको आफ्नो मनले खाएको विषय साहित्य थियो र त त्यसैमा प्राण लगाएर पढ्न–लेख्न थाले । परिणाम–स्वरूप उनी डिप्रेशनबाट मुक्तमात्र भएनन् धनाढ्य एवं विश्व–विख्यात साहित्यकारसमेत बन्न सफल भए । कोयलो यस कुराका ज्वलन्त उदाहरण हुन् कि मन नपरेको विषयलाई नकार्न सकेन भने मान्छे डिप्रेशन समेत हुँदो रहेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
HTML Snippets Powered By : XYZScripts.com
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker