१८. सम्झौताहीन जिन्दगी र सफलता

Dr. Yogi Vikashnanda

एकताकाको कुरा हो । स्टिभ जब्स गरिबबाट धनी भइसकेका थिए । उनी अमेरिकाकै सबैभन्दा महँगा कार चढ्थे भने त्यस्तैखाले महलमा बस्थे । तर, उनको कोठमा भने खाटसमेत थिएन । उनी भुइँमै सुत्थे । उनी खाटमा सुत्न नरुचाउने भने होइनन् ।

कारण यति थियो कि उनले भनेजस्तो खाट बजारमा भेट्टाउन सकेनन् । आफूले खोजेजस्तो चीज नभेट्टाउँदा भुइँमा सुते । तर, इच्छासँग सम्झौता गरेनन् उनले र सम्झौताहीन जीवनशैली पनि उनको सफलताका सूत्र हुन् । किनभने अधिकांश मानिस जिन्दगीभरि सम्झौतामा बाँच्छन् । र त, उनीहरू सामान्य मान्छे भन्दा माथि कहिल्यै उक्लिन सक्दैनन् ।

एउटा भनाइ छ– ‘गुड इज इनेमी अफ द बेस्ट’ अर्थात् ठिकैका कुरा सबैभन्दा राम्रो कुराको सूत्र हुन्छ । किनकि ठिकैका कुरा पाउँदा मानिसले राम्रो, सबैभन्दा राम्रो कुरा खोज्दै खोज्दैन । बरु केही नहुनेले सबैभन्दा राम्रो कुरामाथि आँखा लाउँछ । तर, ठिकैको कुरा पाएकाले त्यहाँभन्दा राम्रो खोज्ने मानसिकता नै त्यागिदिन्छ । किनभने उसलाई आफैँसँग भएको ठिकैको कुरा पनि गुम्ला कि भन्ने डरले जहिल्यै गाँजिरहन्छ । परिणामस्वरूप ९५ प्रतिशतभन्दा बढी कमजोर मानिसको पंक्तिबाट ऊ उक्लनअघि नै मर्न बाध्य हुन्छ ।

एप्पल कम्पनीमा आफ्ना कामदारलाई समेत उनी बेलाबखत आदेश दिन्थे, ‘सम्झौताहीन काम गर ।’ स्टिभ जब्सको सम्झौताहीन जिन्दगी बाँच्ने शैली बारे विज्ञानले भन्ने कुरा बुझ्नका लागि एउटा शास्त्रीय उदाहरण प्रस्तुत छ ।

एकपटक पार्वतीले महादेव नै श्रीमान् पाउने अठोट गरिन् । किनभने उनी महादेव हुन् र त उनीभन्दा माथि कोही छैनन् । यो उच्चतम् उपलब्धि हात पार्न उनी तपस्यामा बसिन् । महादेवसित विवाह भएको कल्पनामा डुबिन् । यसैबीच एक दिन सबैभन्दा मनमोहक लाग्ने देवता विष्णु पार्वतीको अगाडि प्रकट भए । उनले पार्वतीसित बिहेको प्रस्ताव राखे । विष्णु पनि कमका देवता थिएनन् । तर, उच्चतम् भने हुँदै होइनन् । त्यसैले पार्वतीले विष्णुलाई समेत तिरस्कार गरिन् । अर्थात् उनले ‘कम्प्रोमाइज’ गरिनन् । महादेव नै पाए बिहे गर्ने हो अन्यथा जिन्दगीभर कुमारी नै बसौँला । यो उनको दृढअठोट थियो । नभन्दै पछि महादेवसँगै बिहे भइछाड्यो । मात्र कुर्न सक्नुपर्छ । जे खोजिन्छ त्यही पाइन्छ । पार्वतीको यस कथाको सन्देशलाई स्टिभ जब्सले पनि साकार पारेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

HTML Snippets Powered By : XYZScripts.com
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker