१०. हिटलर र संगत

- Dr. Yogi Vikashnanda

मानव इतिहासमा सबैभन्दा क्रूर मान्छेको नाउँ हो– हिटलर । तर, के उनी जन्मजातै त्यस्ता थिए त ? थिएनन् । कुल मिलाएरउनको क्रूरता उनकै संगतको परिणाम भन्न सकिन्छ ।

उनी सन् १८८९ अप्रिल २० मा अस्स्ट्रियाको एउटा सानो गाउँ ब्राउनमा जन्मेका थिए । बाल्यकालमा उनी एउटा धार्मिकआश्रममा बसेका थिए । संगतको परिणामस्वरूप यिनै बेला यिनले सन्त बन्ने सपना बुन्न थालेका थिए । प्राथमिक विद्यालयमापढ्दा उनी अब्बल दर्जाको विद्यार्थीका रूपमा चिनिन थाले । धर्मशिक्षा मात्र होइन उनले गायन र चित्रकलामा समेत आफ्नोप्रतिभा देखाएका थिए ।

उनका बाबुका नाम थियो– एलोइस जो अत्यन्त कडा मिजासका थिए । बेलाबखत उनी हिटरललाई नराम्ररी गाली गर्नुकासाथै पिट्थे पनि । यिनै दुव्र्यवहारका परिणामास्वरूप उनी १३ वर्षकै उमेरमा घर छाडी भागेका थिए । र, उनलाई उनकाबाबुले कहिल्यै भेट्टाउन सकेनन् । हिटलर १८ वर्षको हुँदा उनले पैतृक सम्पति हात पारे । यस सम्पत्तिबाट उनी चित्रकलापढ्न चाहन्थे । उनले एकेडेमिज स्कुल अफ पेन्टिङमा प्रवेश परीक्षा दिए तर उनी अनुत्तीर्ण भए । यस घटनाबाट उनीतनावग्रस्त हुन पुगे । त्यसपछि उनी बरालिन थाले । रातभरि सडकमा निस्कनु, फोहोर लुगा लाएर हिँड्नु, जे पायो त्यही खानु, जस्तो पायो त्यस्तैसँग हिँड्नु उनको दिनचर्या बन्यो । यसरी उनको मनमा असन्तोष र विद्रोहको राँको बल्दै गयो । उनलेहेरेको रिचर्ड वाग्नरको गिनि ओपेराले उनलाई साँच्चैको विद्रोही बनाइदियो ।

यिनैताका पहिलो विश्वयुद्ध भयो । र, हिटलरले यसैको फाइदा उठाइ सेनामा भर्ना भए । र, आफ्नो असन्तोषलाई उत्तेजकभाषणबाट सबैलाई प्रभावित पार्न सफल भए । सत्ताको उच्चतम ओहोदामा पुगेपछि उनले आफ्नो असन्तोषलाई मूर्त रूपदिन ६० लाख निर्दाेष यहुदीलाई मार्न भ्याए । र, उनी इतिहासकै क्रूरतम शासक सिद्ध भए । यदि उनले वाग्नरको ओपेरानहेरेको भए, यदि उनले सडकछापहरूसित संगत नगरेको भए उनी असल धर्मगुरु बन्थे । त्यस्तै यदि उनले एकेडेमिजस्कुलमा भर्ना पाएको भए उनको संगत सकारात्मकखालका मान्छेसित हुन्थ्यो । र, क्रूर हिटलरकोे कहिल्यै जन्म हुने थिएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
HTML Snippets Powered By : XYZScripts.com
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker