११. शब्द

- Dr. Yogi Vikashnanda

विश्वकै सबैभन्दा ठूलो साम्राज्य स्थापना गर्न सफल सम्राट हुन्–अलेक्जेन्डर दी ग्रेट अर्थात् सिकन्दर महान् (जन्म ३५६ र मृत्यु३२३ बीसी)   उनको यो अभूतपूर्व सफलताको रहस्य के होला ? शब्द । शब्द ।। शब्द ।।।

एकातिर सिकन्दरका पिता फिलिप आपूmलाई ग्रीक देवताका सन्तान मान्थे भने अर्कोतिर उनका आमा ओलम्पियस प्राचीनग्रीकेली हिरोहरूका सन्तति मान्थिन् र त उनीहरू आफू कहिल्यै पराजित नहुने मानसिकता बोकिहिँड्थे । सानोसिकन्दरमाथि परेको गहिरो प्रभाव यही हो कि हामी महान्का सन्तान हौँ र सधैँ महान् नै रहनेछौँ । यिनै शब्दशक्तिबाट जन्महुन्छ एक सर्वशक्तिमान व्यक्तित्वको– सिकन्दर महान् ।

मात्र १३ वर्षको उमेरमा उनले त्यस युगकै महान्तम गुरु पाए– एरिस्टोटल । उनीबाट सिकन्दरले थुप्रै शक्तिशाली शब्दहरूपाए जुन उनको विजययात्राका लागि खुराक साबित भयो । एरिस्टोटलको विचारोत्तेजक शब्द– हामी युद्ध गर्छौं किनभने हामीशान्तिसित बस्नै चाहन्छौँ जस्ता कुराले सिकन्दरमा निकै ऊर्जा थपेको देखिन्छ । यस्ता शब्दबाट उनले आफ्नो महत्वाकांक्षापूरा गर्ने दर्शन नै पाएको प्रतीत हुन्छ । त्यस्तै मान्छे एक राजनीतिक पशु हो जस्ता एरिस्टोटलको शब्द उनको शक्तिस्रोतबनेको प्रस्टै देखिन्छ ।

३३९ बीसीमा शक्तिशाली नगर राज्य ग्रीक र मेसेडोनियाबीच घमासान युद्ध भयो । मेसिडोनियाको तर्फ नेतृत्व गर्नेमा राजाफिलिपलगायत उनका छोरा सिकन्दर पनि थिए । यो युद्ध जितिसेपछि राजा फिलिपले सिकन्दरलाई औंल्याउँदै जनतालाईसगर्व उद्घोष गरेका थिए– तिमीहरूका भविष्यका बहादुर शासक यहाँ छ– यी शब्दहरूले सिकन्दरमाथि थप ऊर्जा प्रदानगर्नु स्वाभाविकै थियो । यसपछि उनको आत्मविश्वास झनै चुलियो ।

आखिर उनी अपार विश्वासकासाथ विश्व विजययात्रामा निस्किहाले । गोडियम भन्ने ठाउँमा गोर्जियन्ट (गाँठो) फुकाउनुपर्ने थियो। किम्बदन्तीअनुसार त्यो गोर्डियनको गाँठो राजा गोडियसले बनाएका थिए र यसलाई एकै प्रहारमा खोल्न सक्ने नै एसियाकोअधिपति हुने कुरा त्यसमा जोडिएको थियो । अब सिकन्दरको मनमा प¥यो कि यदि मैले यसलाई खोल्न सकेँ भने निश्चय पनिम सम्राट बन्छु, बन्छु । अर्को शक्तिशाली शब्द ! नभन्दै उक्त गाँठो सिकन्दरद्वारा काटियो । सम्राट बनाउने अन्तिमशक्तिशाली शब्द उनले यहीँबाट पाए ।

३२३ बीसीमा उनी बेबिलोन फर्कंदै थिए । एक जोतिषीले डुब्दै गरेको घाम हेरेर नगर प्रवेश गरे अनिष्ट हुन्छ भनेका थिए । योउनको जीवनका अन्तिम शक्तिशाली शब्द थियो । तर, उनले कारणवश ज्योतिषीका शब्द मान्न सकेनन् । त्यसको लगत्तै उनीऔलो ज्वरोको मारमा परी मरे अर्थात् ज्योतिषीको शब्दअनुसार उनको अनिष्ट भयो ।

 

मर्नअघि उनलाई सोधियो– तपार्इं आफ्नो साम्राज्य कसलाई सुम्पेर जानु चाहनुहुन्छ ? उनको अन्तिम शब्द थियो– सबैभन्दाशक्तिशाली व्यक्तिलाई । र, सबैभन्दा शक्तिशाली त्यही व्यक्ति हुन्छ जोसित शक्तिशाली सकारात्मक शब्द हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

HTML Snippets Powered By : XYZScripts.com
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker