३६ धर्म निरपेक्षता

Dr. Yogi Vikashnanda

Dr. Yogi Vikashnanda: अहिले हामी गम्भीर मोडमा छौं । धेरै कुराको छिनोफानो गर्ने क्रममा धेरै नयाँ मुद्दाहरु हाम्रा अघि आएका छन् । ती मध्ये हाम्रो देशले बहुसंख्यक हिन्दु धर्मालम्बीको मागलाई सुनुवाई गर्दै हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्दै अरु धर्मलाई पनि स्वतन्त्र गतिविधि गर्न दिने कि सोझै धर्मनिरपेक्ष बनाउने भन्ने बहस मुख्य हो ।

हाम्रो देश प्रजातान्त्रिक मुलुक भएकाले कुनै धर्मका पक्ष वा विपक्षमा हुनु राम्रो होइन । यो सिधा कुरा पनि हो । लोकतान्त्रिक देशहरुले अपनाउने एउटा पद्धति धर्म निरपेक्षता हो । संसारका प्राय जसो लोकतान्त्रिक मुलुकहरुले धर्म निरपेक्षताले नै समाजका सबैलाई न्याय गर्न सक्छ भन्ने सिद्धान्त स्थापित भैसकेको छ । लोकतान्त्रिक मुलुक स्वतन्त्रताको पक्षधर हुन्छ । धेरै किसिमका स्वतन्त्रता मध्ये धर्म बदल्न पाउनु पनि एउटा स्वतन्त्रता हो ।

एउटा जनावरलाई लोप हुन नदिन त संरक्षण चाहिन्छ भने हिन्दु धर्मलाई पनि बचाउन संरक्षण चाहिने कुरा त स्वभाविक नै हो । सबै धर्महरुको आ–आफ्नै संरक्षण मुलुक छन् भने हिन्दु धर्मको मात्र संरक्षण मुलुक किन नहुने ?

मलाई कुनै कुरा मन परेन भने मन नपरेको त्यो कुरालाई लिएर त बाँच्नु लोकतान्त्रिक मान्यता विरुद्ध हो । त्यो आत्महत्या सरह नै हो । त्यसलाई पनि मैले बदल्न पाउनु पर्छ । त्यो अधिकार प्रत्याभुत गर्ने लोकतन्त्र नै हो । त्यसकारण धर्म निरपेक्षता मानव स्वतन्त्रताको पराकाष्ठ हो । अथवा लोकतन्त्रको एउटा प्रवल पक्ष धर्म निरपेक्षता हो । त्यसैले सामान्यतया लोकतान्त्रिक भनिने मुलुकहरुले धर्मनिरपेक्ष नै देखिन्छ । यो सैद्धान्तिक कुरा हो । राष्ट्र भनेको भूगोल मात्र होइन, जनताको भावना पनि हो । त्यहाँका रीति–थिती र संस्कार पनि हुन् । यहि कारण जहाँ जनताको जस्तो भावना मुखरित हुन्छ, त्यो देश लोकतान्त्रिक हुँदाहुँदै पनि आफुलाई धर्म निरपेक्षताबाट धर्म सापेक्षता भएका छन् । युरोप तथा अमेरिकाका धेरै जसो देश लोकतान्त्रिक मुलुक हुन् । ती लोकतान्त्रिक मुलुकमा धर्म परिवर्तन गर्ने स्वतन्त्रताका पक्षमा धेरै वकालत हुने गरेको छ । तै पनि त्यहा“का अधिकाशं मुलुक क्रिस्चियन धर्मलाई कुनै न कुनै रुपमा संरक्षण गर्ने कानुनहरु छन् । यहि कारण पनि संसारका धेरै देश क्रिश्चियन धर्म निकट वा संरक्षक छन् ।

लोकतन्त्रको जन्मदाता र लोकतन्त्रका दार्शनिक जन्माएका मुलुक नै किन क्रिस्चियन धर्म निकट भए त रु यसको खोज गर्दै जाँदा धेरै अनौठा घटनाहरु पाइन्छन् । सुरुमा ती मुलक क्रिश्चियन धर्म निकट भए पनि जनता शिक्षित हुँदै जाँदा धेरैले हिन्दु वा बौद्ध धर्मालम्बी हुन पुगे । यो संख्या तीब्र रुपमा बढ्दै जाँदा केही सोधहरु भए । ती सोधमा के पाइए भने त्यहाँका जनता हिन्दुको योग तथा बौद्धको ध्यानबाट आकर्षित भएर धर्मपरिवर्तन गरिरहेका थिए । समयक्रममा धर्मनिरपेक्षता अपनाउँदै जाँदा ठूलो जनसंख्या क्रिश्चियनबाट अन्य धर्ममा गएको देखियो । यो घट्दै र परिवर्तन हुँदै जाँदा ती देशको पहिचान नै खतरामा पर्ने अवस्था आयो ।

हिन्दु र बौद्ध (कतिपय मुस्लिम पनि ) हुने क्रमलाई रोक्ने कसरी ? धर्मलाई जोगाउने कसरी ? यो तर्क अघि बढ्दै गएपछि प्रयोगका रुपमा ‘भ्याटिकन सिटी’ लाई आधिकारिक रुपमै धर्मसापेक्ष मुलुक घोषणा गरियो । यसलाई त्यहाँका नागरिकले खुला हृदयले स्वागत गरे । यसले आफ्नो देशको भिन्न चिनारी मात्रै भएन, सरकार पनि लोकप्रिय भयो । यसले छिमेकी मुलुकलाई प्रभावित पा¥यो । पछिल्लो चरणमा भ्याटिकन सिटी झैं नर्वे जस्तो लोकतान्त्रिक देश पनि धर्म सापेक्ष बनाइयो । नर्वेलाई धर्म निरपेक्ष कायम गरि राखियो भने क्रिस्चियानीटी हराउन पनि सक्छ भन्ने तर्कले बलियो रुप लियो र संसारको प्रजातान्त्रिक देश मध्ये एक नर्वे एक धर्मसापेक्ष हुन पुग्यो । पश्चिमका केही मुलुक धर्मसापेक्ष हुनुको मुख्य कारण नै पूर्वबाट विकास भएको योग र ध्यानले त्यहा“का जनतालाई आकर्षित गर्नु हो ।

जसरी मक्का मदिना भएको साउदी अरब जस्तो देश मुस्लिमहरुको लागि तीर्थस्थल भएको छ । ती मुलुक जादा नेपालका मुस्लिमहरुलाई सरकारले खर्च दिन्छ । त्यस्तै नेपाल पनि हिन्दुहरुको लागि एउटा पवित्र तीर्थस्थलको रुपमा विकास गर्न सकिन्छ । देशको आर्थिक स्थिति बलियो बनाउने माध्यम हुनसक्छ ।

मानिस जति विकसित हुँदै जान्छ, नयाँ कुराको खोजी गर्छ । यस्तो खोजले अन्ततः पश्चिाहरुलाई बौद्ध र हिन्दु धर्मका केही बैज्ञानिक पक्षले आकर्षित गर्नु स्वभाविक नै थियो । तर यो साधारण आकर्षण थिएन, हुलका हुल मानिस ज्ञान र योगको भोकमा भारत नेपाल र तिब्बत आउन थाले । धेरै बुद्धपुरुष र योगीहरुबाट दीक्षा लिन थाले । यसले क्रिस्चियनहरुको संख्या घट्दै गएको देखियो । अध्येताहरुले यहि पारामा अघि बढ्ने हो भने पश्चिममा क्रिस्चियन धर्म धरापमा पर्ने अवस्था देखियो । यहि कारण पश्चिमका केही मुलक धर्मनिरपेक्षताबाट पछि हट्नु स्वभाविक पनि हो । यो राष्ट्रिय आवश्यकता पनि थियो । लोकतन्त्रले स्वतन्त्रतालाई जोड दिन्छ, दिनुपर्छ । नत्र लोकतन्त्र देखावटी मात्रै हुन्छ । तै पनि सबै देशले देशका दुर्लभ वन्यजन्तुलाई मार्नु हुँदैन, उनीहरुको संरक्षण गर्नुपर्छ भनेर संरक्षण क्षेत्र बनाइन्छ । यसरी संरक्षण गर्दा उनीहरुको केही स्वतन्त्रता हनन त होला, अन्तत्वगत्वा फाइदा देश र संरक्षण भएका जनावरको हुन्छ । ठिक त्यसैगरी मानव इतिहासलाई यहाँसम्म पु¥याउन योगदान दिने धर्मलाई पनि त संरक्षण चाहिन्छ ।

त्यो संरक्षणको लागि पश्चिमाहरुले आफ्ना केही मुलुकलाई धर्म सापेक्ष बनाएका छन् । केहीले धार्मिक स्वतन्त्रता दिएपनि कतिपय अवस्थामा इसाई धर्मको संरक्षणको गर्नुपर्ने बाध्यता जस्तो कानुन पनि बनाएका छन् । यसले यद्यपी उनीहरु लोकतान्त्रिक मुलुकहरु हुन् । यो क्रिस्चियन मुलुकहरुको कुरा भयो । अब यता मुस्लिम देशहरुतिर जाने हो भने झण्डै चालिस वटा मुस्लिम देशहरुमा अधिकांश देशहरु धर्म सापेक्ष नै छन् । आफुलाई मुस्लिम मुलुक नै बनाएका छन् । त्यहाँका प्राय सबै मुलुक धर्म सापेक्ष नै छन् । अर्थात मुस्लिम धर्मलाई संरक्षण गर्ने नीतिमा पूर्णरुपमा लागेका छन् । टर्की लगायतका केही केही मुलुकहरु मात्र धर्म निरपेक्ष छन् । बुद्धिजमको कुरा गर्ने हो भने त्यस्ता धेरै सभ्य मुलुकहरु छन् जहाँ बौद्ध धर्म फैलिएको छ । बौद्ध धर्मलाई संरक्षण गरेर बुद्धिष्ट देश भएका थाइल्याण्ड, भुटान, बर्मा लगायतका देशहरु अरुभन्दा अघि आएका छन् ।

मेरो व्यक्तिगत कुरा गर्ने हो भने म धर्म निरपेक्षता वा धर्म सापेक्षताको पक्षमा छँदैछैन । मान्छेलाई कुनै धर्म दिनु भन्दा वा हिन्दु, बौद्ध, जैन बनाएर मान्छेलाई टुक्राटुक्रा गर्नु भन्दा मान्छेलाई आध्यात्मिक बनाउनु पर्छ भन्ने लाग्छ । कुनै पनि आध्यात्मिक मानिस हिन्दु, बौद्ध, जैन आदि धर्मद्धारा बाधिंएको छैन ।

त्यसबाहेक दर्जन बढि विकसित मुलुकले कुनै न कुनै रुपमा बौद्ध धर्मलाई हित हुने गरी कानुन ल्याएका छन् । यो उनीहरुको नीति अन्तरगत नै पर्छ । ती देशहरुमा अरु धर्मालम्बीको धर्मलाई स्वतन्त्रता त दिइएको छ तर बौद्ध धर्म–दर्शनका पक्षमा हुने कुनै पनि कामलाई अलिकति बढि महत्व दिइएको छ । यहि कारण बौद्धधर्मले संसारभर आफ्नो छाप छाड्न सफल भएको पनि छ ।

अन्त्यमा हिन्दु धर्मको कुरा गरौं । भारतमा आधाभन्दा बढि जनता हिन्दु धर्मालम्बी छन् । बेलायतको अधिनस्त भएका कारण त्यहाँ अग्रेजको शासन हुँदादेखि नै हिन्दु धर्मबाहेक अन्य धर्मालम्बीलाई उत्तिकै महत्व दिएको देखिन्छ । भारत स्वतन्त्र भएपछि त्यही नीति लागू भयो र संविधानमा पनि धर्मरिपेक्ष नै लेखियो । किनभने त्यो बेला संविधान लेखनमा अंग्रेजहरुको प्रत्यक्ष संलग्नता थियो । नेपालमा त्यो परिस्थिति छैन । नेपालमा बहुसंख्यकले हिन्दु धर्म मान्छन् । अब नेपाललाई पनि धर्म निरपेक्ष बनाउने हो भने हिन्दु धर्म संरक्षण गर्ने मुलुक खोई त ? धर्म संरक्षण गर्ने नाममा पनि नेपाललाई धर्म निरपेक्ष भन्दा धर्म सापेक्ष बनाउनु पर्छ भन्ने धेरै मान्छेहरुको ठम्याई छ । एउटा जनावरलाई लोप हुन नदिन त संरक्षण चाहिन्छ भने हिन्दु धर्मलाई पनि बचाउन संरक्षण चाहिने कुरा त स्वभाविक नै हो । सबै धर्महरुको आ–आफ्नै संरक्षण मुलुक छन् भने हिन्दु धर्मको मात्र संरक्षण मुलुक किन नहुने ?

अब रह्यो कुरा नेपाललाई हिन्दु धर्मको संरक्षण केन्द्र वा हिन्दु राष्ट्र बनाइयो भने अरु धर्मलाई के होला ? यसको लागि त नीति अहिले बनाउने हो । अरु धर्महरुको अभ्यासको लागि चाहिने स्वतन्त्रतामा दख्खल नपुग्ने गरि कानुन बनाइनु पर्छ । पंचायतकालमा बरु ती स्वतन्त्रताहरु थिएनन् तर लोकतन्त्रमा त ती स्वतन्त्रताहरु दिईएका नै छन् । अर्को कुरा नेपाल हिन्दु धर्मको संरक्षक देश भइदिंदा संसारभरबाट आम्दानीको थलो पनि भइदिन्छ । किनभने हिन्दुहरु पनि अर्बौंको संख्यामा संसारभर छन् । जसरी मक्का मदिना भएको साउदी अरब जस्तो देश मुस्लिमहरुको लागि तीर्थस्थल भएको छ । ती मुलुक जादा नेपालका मुस्लिमहरुलाई सरकारले खर्च दिन्छ । त्यस्तै नेपाल पनि हिन्दुहरुको लागि एउटा पवित्र तीर्थस्थलको रुपमा विकास गर्न सकिन्छ । देशको आर्थिक स्थिति बलियो बनाउने माध्यम हुनसक्छ । उसरी राष्ट्रको आम्दानीको ठूलो भाग धर्मबाट नै आउँछ र धर्मको पहिचानलाई बचाउन पनि सहयोग पु¥याउँछ । नेपाल त गरीब मुलुक हो । अतः नेपाललाई हिन्दु राष्ट्र बनाइयो भने हिन्दुहरुको आध्यात्मिक पर्यटनको केन्द्रको रुपमा विकास गरेर धेरै पछाडी परेको नेपाललाई उठाउन सकिन्छ । अर्को कुरा नेपालको अन्तरिम संविधानमा नै धर्म निरपेक्षताको कुरा उल्लेख गरिएको छ ।

सबै धर्मका राम्रा पक्ष हुन्छन् । आफ्नो धर्मका कमजोरी लुकाउने अनि अरुको कमजोरी देखाएर वा दुश्प्रचार गर्ने गर्दा यसले एक किसिमले विस्तारै विद्धेषको भाव फैलाएको छ ।

धर्म निरपेक्षताको अर्थ सबै धर्मालम्बीहरुको आ–आफ्नो धर्म स्वतन्त्रता पूर्वक अभ्यास गर्न पाउने अधिकार र राज्य आफैले राष्ट्रिय स्तरमा नै कुनै पनि विशेष धर्म नअँगाल्ने भन्ने कुरा हो र सबै धर्मलाई बरोबरी मान्ने भन्ने कुरा हो । यो कुरा राम्रै हो तर देश, काल, परिस्थिति अनुसार कुरा फरक हुँदो रहेछ । नेपालमा धर्म निरपेक्षता भन्नुको अर्थ के भइदियो भने यहाँ क्रिस्चियनहरुले पैसा र लोभको बलमा यहाँका हिन्दु, बौद्ध र किराँतहरुलाई धर्म परिवर्तन गराउँदै गए । स्वेच्छाले धर्म परवर्तन गर्न पाउनु त धर्म निरपेक्षताको मूल मर्म नै हो । तर पैसा दिएर इच्छा जगाइदियो भने के गर्ने रु पैसाले इच्छा किन्न पाईंदो रहेछ । यसरी पैसा देखाएर, लोभ दिलाएर धर्म परिवर्तन गर्ने श्रृंखला त छँदैछ । अर्कोतिर कतिलाई हिन्दु र बौद्ध धर्मका कमजोर पक्षलाई देखाएर धर्म परिवर्तन गर्न उक्साउने काम गरिएको छ । हरेक धर्ममा कमजोरी हुन्छन् । सबै धर्मका राम्रा पक्ष हुन्छन् । आफ्नो धर्मका कमजोरी लुकाउने अनि अरुको कमजोरी देखाएर वा दुश्प्रचार गर्ने गर्दा यसले एक किसिमले विस्तारै विद्धेषको भाव फैलाएको छ । कुरा धर्मको गर्ने तर क्रिस्चियनहरु अरु भन्दा सर्वात्कृष्ट (सुपिरियर) छन्, हिन्दु तथा बौद्धहरु निक्रिष्ट९इन्फिेरियर० छन् भनेर विद्धेषको भाव फैलाउनु भनेको राष्ट्रको लागि हितकर होइन ।

यो लेख टुंगो लगाउनु अघि ओशोको एउटा गम्भीर कुरा जोड्न चाहन्छु । उहाँले भन्नु भएको थियो भने “यो हिन्दु, बौद्ध, सिख, मुस्लिम आदि धर्मको नाम होइन । यी त रोगका नाम हुन् । यो उन्मुलन हुनु पर्छ । जसले आशोको यो भनाइलाई मनन गरेका छन्, उनीहरु रोगमुक्त भएका छन् ।

नेपालमा क्रिस्चियनहरुले कसरी प्रचार गरे भने यहाँ भएका हिन्दु बौद्धहरुका कुरा सैतानका कुरा हुन् । हाम्रो धर्म मात्र सही हो । अरु सबै धर्म गलत हुन् । हिन्दु धर्ममा अरुलाई ढोग्ने, पूजा गर्ने टिका लगाउने काम एकदम गलत हुन् आदि–आदि भनेर एकदम कट्टर समुदाय बनाउँदैछन् । कट्टर मुस्लिम जस्तो समुदाय बनाउँदैछन् । त्यहि कट्टर मुस्लिम आतंकवादी बनेर संसारलाई पीडा दिइरहेका छन् । अहिलेको अभ्यास कस्तो देखियो भने धर्म निरपेक्षता जस्तो लोकतान्त्रिक मर्ममा टेकेर यसको अलोकतान्त्रिक फाइदा उठाउने काम भएको छ । मेरो व्यक्तिगत कुरा गर्ने हो भने म धर्म निरपेक्षता वा धर्म सापेक्षताको पक्षमा छँदैछैन । मान्छेलाई कुनै धर्म दिनु भन्दा वा हिन्दु, बौद्ध, जैन बनाएर मान्छेलाई टुक्राटुक्रा गर्नु भन्दा मान्छेलाई आध्यात्मिक बनाउनु पर्छ भन्ने लाग्छ । कुनै पनि आध्यात्मिक मानिस हिन्दु, बौद्ध, जैन आदि धर्मद्धारा बाधिंएको छैन ।

मैले बुझेको कुरा के भने यहाँका हरेक धर्मले मान्छेलाई विभाजन गर्दै आएका छन् । हिन्दुको नाममा, बौद्धको नाममा, मुस्लिमको नाममा । अतः धर्म रहिरहँदा यहाँ मान्छेहरु विभाजित भइरहन्छन् । त्यसकारण राष्ट्र मात्र होइन हरेक मान्छे धर्म निरपेक्ष हुनु पर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म । म त कट्टर निरपेक्षतावादी नि । तर यति हुँदाहुुँदै पनि अध्यात्म हरेक धर्मको सार भए कति हरेक मान्छे अध्यात्म सापेक्ष हुनुपर्छ र ऊ धर्म निरपेक्ष हुनु पर्छ भन्ने पक्षमा म छु । र मेरो यो बुझाइको कडी श्रद्धेय अब्दुल कलामसँग पनि जोडन चाहन्छु । एक्काइसौं शताब्दीको थोरै अद्भूत मान्छेहरुमा उनी पनि पर्छन् । उनी कट्टर मुस्लिम परिवारमा जन्मेर पनि प्राय हिन्दु धार्मिक गुरुहरुकोमा जान्थे, चर्चमा जान्थे । आर्शिवाद लिन्थे । उनी नेपाल आउँदा उनले दिएको एउटा सुझाव नेपाली बौद्धिक बर्गले ध्यान दिए जस्तो लागेन । उनले भनेका थिए, ‘नेपाल धर्म निरपेक्ष बनाए पनि अध्यात्म सापेक्ष बनाउनु पर्छ ।” अध्यात्म सापेक्ष बनाउने हो, धर्म सापेक्ष होइन ।

यो लेख टुंगो लगाउनु अघि ओशोको एउटा गम्भीर कुरा जोड्न चाहन्छु । उहाँले भन्नु भएको थियो भने “यो हिन्दु, बौद्ध, सिख, मुस्लिम आदि धर्मको नाम होइन । यी त रोगका नाम हुन् । यो उन्मुलन हुनु पर्छ । जसले आशोको यो भनाइलाई मनन गरेका छन्, उनीहरु रोगमुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker