३१. महत्वाकांक्षा

Dr. Yogi Vikashnanda

Dr. Yogi Vikashnanda : देशको मात्र हैन विश्वकै धनीहरूमा सूचीकृत हुन सफल एक मात्र नेपाली उद्योगपति विनोध चौधरी आफ्नो जीवन–कथामा महत्वाकांक्षाबारे लेख्छन् – महत्वाकांक्षा शब्दलाई हाम्रो समाजले जहिल्यै नकारात्मक ढगंमा बुझ्यो । हाम्रो प्रगतिको बाधक यही हो ।

मैले जुन मुकाम हासिल गरेको छु त्यो उच्च महत्वाकांक्षा राख्ने मेरो बानी र दृढ इच्छाशक्तिको परिणाम हो । महत्वाकांक्षाले पेटमा भोक जन्माउँछ । यही भोकले मान्छेलाई अघि बढ्ने प्रेरणा पनि दिन्छ, दबाब पनि ।

प्रसंग बदलौं । विगत दुई सय वर्षदेखि अमेरिकामा सफलताको बारेमा गहन अध्ययन–अनुसन्धान र प्रयोग हुँदै आइरहेको देखिन्छ । विभिन्न क्षेत्रमा सफल हुने मान्छेमा निश्चय पनि भिन्न–भिन्न किसिमका अनुशासन र तरीका भेटिन्छन् । यति हुँदा–हुँदै पनि सफल हुने सबै मान्छेमा केही कुरामा समानता पनि पाइन्छ । त्यस्ता कुरामध्ये एउटा हो महत्वाकांक्षा । अतः महत्वाकांक्षा नबोक्ने मान्छेहरू सफलता त के असफलधरी हुँदैनन्, मात्र उनीहरू जीवनभर कमजोर एवं थिलथिलो जीवन बाँच्न बाध्य हुन्छन् ।

पुनः प्रसंग बदलौँ । ओलम्पिकको लामो इतिहासमा सब भन्दाबढी सफल हुने एक व्यक्तिको नाम हो माइकल फेल्प्स । उनले चीनमा भएको एउटै ओलम्पिकमा पौडीवाज भएर आठ वटा स्वर्ण पदक जित्न सफल भएका थिए । सारा संसारलाई आश्चर्य चकित पार्दै इतिहास रच्न सफल यी युवाको अद्वितीय सफलताको रहस्य के होला त ? त्यस्ता केही रहस्यमा निश्चय पनि महत्वाकांक्षा पनि एक हो । उनले आफू सफल हुनुका तीन कारण बताएका छन् – ठूलो सपना अर्थात् महत्वाकांक्षा, त्यस्तो सपना पालेर अघि बढ्ने साहस र यस यात्राको निरन्तरता ।

अब प्रश्न उठ्दो हो –महत्वाकांक्षाले सफल हुन ठोसरूपमा कसरी मद्दत गर्दछ त ? यसलाई बुभ्mन फेल्प्सको बाल्यकालतिर फर्किन आवश्यक हुन्छ । उनले पाँचै वर्षको कलिलो उमेरदेखि पानीमा हातपाउँ मार्न थालेका हुन् । उनलाई यसमा जति आनन्द अन्य कतै पनि आएको नदेखे पछि यसै क्षेत्रमा बेजोड व्यक्तित्व हुने महत्वाकांक्षा पलाउन थाल्यो । र, यस महत्वाकांक्षालाई परिवारले समेत मलजल ग¥यो । आफ्नो अद्वितीय महत्वाकांक्षा साकार पार्न उनले अरूभन्दा बढी पानीमैँ समय बिताउन थाले । परिमाणस्वरूप उनको मनको महत्वाकांक्षा अब उनको तनमा पनि देखिन थाल्यो, अर्थात् उनका खुट्टाका पञ्जाहरू अरूको भन्दा लामा हुँदै गए भने फोक्सोको क्षमतामा समेत बढोत्तरी भयो अर्थात् उनको शारीरिक संरचनामा समेत असामान्य परिवर्तन आयो । र त यिनै परिवर्तित शरीरले उनलाई इतिहास रच्न सघायो । यो हो महत्वाकांक्षाको परिमाण ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker