३०. प्रयासले चमत्कार गर्छ

Dr. Yogi Vikashnanda

Dr. Yogi Vikashnanda: १८८३ मा थोमस एल्वा एडिसनले चीमको आविष्कार गरेर देखाइदिए । वैज्ञानिक समुदायबाटै यसलाई विश्वको आठौँ आश्चर्य भनेर सम्बोधन गरियो । किनभने सामान्यतया कुनै पनि कुरो बल्नलाई अक्सिजन नभई हुँदैन, अथवा अक्सिजन नभए कुनै पनि कुरोको बल्ने सम्भावना समाप्त हुन्छ । र,  चीमभित्र अक्सिजन भरिएको भए यो तापको कारण फुट्थ्यो, नभरिएको भए बल्ने सम्भावना प्रायः समाप्त हुन्थ्यो ।

एडिसनले अन्नतः बिना अक्सिजन पनि बल्न सक्ने प्रकृतिको गुह्य रहस्य पत्ता लगाई छाडे । त्यसैले यसलाई आठौँ आश्चर्य मानिएको हो । तर यिनै कुरा पत्तालगाउनलाई भने उनले आकाश–पात्ताल एक गर्नु परेको थियो । अर्थात् यस प्रयासमा उनले ९९९ वटा असफल प्रयोगबाट गुजर्नु प¥यो । र, अन्नतः चीम बल्ने अर्को प्रकृतिको नियम हात लाग्यो । यहाँनेर नेपोलियन बोनापार्टको अन्तर्दृष्टि सही हुन आयो कि –असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र हुन्छ । अर्थात् प्रकृतिले असम्भव भन्ने कुरा जन्माउँदैन, त्यो त मान्छेले जन्माउने कुरो हो । अर्को  शब्दमा भन्नुपर्दा असम्भवको अर्थ हो, मान्छेको प्रयास नपुग्नु । उनले मनग्य प्रयास गरे र असम्भव देखिने कुरा सम्भव भयो ।

अझै चित्त बुझेको छैन भने अर्को उदाहरणमाथि गौर गरौँ ।

एक जना अमेरिकी व्यापारीको सानो रेष्टुरेन्ट हाइवेको किनारमा थियो । हाइवे फराकिलो पारिने क्रममा उनले आप्mनो दुकान गुमाउनु प¥यो । उनको अफ््नो उमेर पनि ५० कटिसकेको कारण अर्को खाजाघर खोल्ने विचार आएन बरु आप्mनो कुखुराको मासु पकाउने विशिष्ट रेसिपीलाई अरू रेष्टुरेन्टमा बेची त्यसैको रोयल्टीबाट गुजारा गर्ने उनले विचार गरे । तर उनको रेसिपी किन्न भने कोही तयार भएनन् । उनले एक हैन, दुई हैन, सयौँ रेष्टुरेन्टमा प्रस्ताव राख्दापनि कसैले किन्न तयार भइरहेको थिएन । उनको अन्तर–कुन्तरमा भने आप्mनो प्रयासले काम गर्छ–गर्छ भन्ने लागि रहेको थियो । अन्नतः ९९९ वटा प्रयासपछि एडिसन जस्तै उनीपनि आप्mनो उदेश्य प्राप्त गर्न सफल भए । कालान्तरमा उनको रेसिपी यति लोक प्रिय भयो कि शहर–बजार मात्र, राज्य देश मात्र हैन पूरै विश्व प्रभावित भयो, कल्पना गर्न सक्नु हुन्छ ? उनी हुन् हार्लोन स्यान्डर्स जसले के. एफ. सी चेन रेष्टुरेन्ट दुनियालाई दिन सफल भए । यदि उनको प्रयास नपुगेको भए, उनी एक असफल मान्छेको रूपमा रहन्थे । हामी मध्ये कयन् मान्छे यही प्रयासकै अभावमा असफल भएका हौँ । अन्तिम उदाहरण – हेनरी फोर्डले ठूलो गाडीको परिकल्पना आफ्ना इन्जिनियरहरूको टीम अगाडि प्रस्तुत गर्दा सबै गलल्ल हाँसेका थिए – सर यस्तो व्यावसायिक गाडी बन्नै सक्दैन । फोर्डले भने – तिमीहरू प्रयास गर म पैसा खन्याउँछु ।

उनीहरूका प्रयास एकपछि अर्को गर्दै ४ पटक सम्मन विफल भयो । फोर्डले तै पनि हार मानेनन् किनभने संसारमा केही पनि असंभव कुरा छैन भन्ने कुरा उनले एडिसनबाट सिकिसकेका थिए । त्यसैले जति लगानी गर्न परे पनि उनले हार मानेन् अन्ततः पाँचौं पटकको प्रयासमा तिनै असफल भैसकेका इन्जिनियरहरूले ठूलो गाडीको इन्जिन भी–आठ बनाएरै छाडे ।

 

जादाँजादैँ,

लहराें से डरकर नौकाएँ पार नहीं होती ।

कोसिस करने वालाें की हार नहीं होती ।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker