२९. जन्मजात गुण

Dr. Yogi Vikashnanda

Dr. Yogi Vikashnanda “विश्वका दुई महानतम कलाकार लियोनार्दो दा भिन्ची र माइकेलएन्जेलो” यसो भन्नु भन्दा यसो भन्दा उनीहरुमाथि न्याय हुने देखिन्छ –मानव इतिहासकै दुई महानतम कलाकार दा भिन्ची र माइकेलएन्जेलो । दा भिन्चीको चित्र मोनालिसा चित्रजगतको अद्धितीय कला मानिन्छ, भने माइकेल एन्जेलोको मूर्ति डेविड मूर्तिजगतको अद्धितीय कला । संयोगवस यी दुवै कलाकार पनि समकालीन थिए । र, एक अर्कालाई चिन्थे ।

यहाँ प्रसँग माइकेल एन्जेलोको छ, इतिहासकै सबभन्दा चर्चित मूर्ति बनाउन एन्जेलो कसरी सफल भए ?
उनी मूर्तिबनाउन प्राय एउटै पसलबाट ढुँगा किन्थे । एक दिन उनको आँखा धेरै समयदेखि बिक्री नभएको बाँगो–टिँगो एउटा ढुँगामाथि परेछ । उनलाई वषौँदेखि त्यो ढुँगालाई हेर्दै आएको सँम्झना पनि थियो । अरु सबै पुराना ढुँगाहरू सुक्री–बिक्री भैसक्दा पनि त्यो ढँुगा त्यत्तिकै पडी रहेको थियो । उत्सुकता जाग्छ । साहुजीलाई सोध्छन्– साहुजी, सबै पुराना ढुँगा बिके तर यसलाई कसैले किनेनन्, किन ?
कसले किन्छ, यसलाई ? बेढंगको जो छ । तिमीलाई आवश्यक छ भने म त्यतिकै दिन्छु । कम्तीमा यसले ओगटेको ठाउँ त मैले पाउँछु– साहुजीले हाँस्दै भने । एन्जोलोले खुशीसाथ त्यो ढुँगा घर भित्र्याउँछन् र दिनरात मिहनेत गरेर जुन मूर्ति त्यसबाट निकाल्छन् त्यही विश्व प्रसिद्ध डेविड हो ।
पछि अन्य कलाकारहरूले सोधे– हैन हो, त्यस्तो बाँगोटिँगो, सबभन्दा कुरूप ढुँगाबाट सबभन्दा सुन्दर मूर्ति बनाउन कसरी सफल हुनु भयो ?
उनले हाँस्दैभने– अरूले आफ्नो इच्छा अनुसार मूत्र्ति बनाउँछ । अर्थात् ढुँगामाथि आफ्नो इच्छा लाद्छ । म त्यसो गर्दिनँ । म आफ्नो इच्छा अनुसार हैन, ढुँगाअनुसार मूर्ति बनाउँछु, अर्थात् बाँगो ढुँगाभित्र लुकेको बाँगै मूर्तिबाहिर ल्याउँछु,, यसरी नै डेविड बनेको हो ।
मान्छे त के ढुँगै पनि कस्तो बन्छ भन्ने कुरा आफैँ बोल्छ । अतः जो जस्कोलागि जन्मेको हो त्यही सुन्दर हुन्छ, कल्याणकारी हुन्छ, सत्यम् पनि हुन्छ । स्वधर्मेमरणम श्रेय परधर्मोभयावह अर्थात आफ्नो स्वभावलाई पछ्याउनु नै उत्तम छ , अरूको देखासिकी गर्नु भयानक हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker