१६. डर

Dr. Yogi Vikashnanda

छब्बीस सय वर्ष अघि एउटा वयल गाडा पहाडी बाटोमा गुड्दै थियो । त्यस गाडाभित्र चालकबाहेक चारजना अरु सवार थिए– तीन सामान्य मान्छे र रक्सीले पुरै मात्तिएको एक रक्स्याहा । अचानक गाडा चिप्लेर भीरबाट खस्यो । उक्त दुर्घट्नामा रक्स्याहाबाहेक सबै मारिए । उस्लाई सामान्य चोट पटक मात्र लाग्यो । अरु सवारलाई पनि त्यतिमात्रै हुनु पर्ने थियो । तर, उनीहरुले ज्यानै गुमाए । प्रष्टैछ, दुर्घट्नाको कारणले हैन ‘डर’को कारणले उनीहरु मरे । के भएको थियो, त्यस्को पत्तो नै थिएन रक्स्याहालाई र त उनी डराएनन् । अनि मरेनन् । कथाको सन्देशले भन्छ, मान्छेलाई संसारले कम, डरले बढी मार्छ ।

के हो त डर ? अंग्रेजीमा यसलाई फियर ढँभबचण् भनिन्छ । जसलाई यसरी बुझ्दा हामीलाई फाइदै फाइदा हुन्छ ।
एफ–फल्स (झुट्टा)
ई–इभिडेन्स ( प्रमाण)
ए–एपियरिङ ( जुन हामीलाई लाग्छ)
आर–रियल (सत्य)

फियर अर्थात् झुटा कुराहरु जुन हामीलाई सत्य लाग्छ । त्यसैको परिणाम हो, डर । यस कुराको बैज्ञानिक आधार पनि होला त ? छ । पश्चिमी अन्वेषकहरुले केही समय यता डरसम्बन्धी के तथ्यांक अघि सारेका छन् भने– हामीलाई जुन जुन कुराको डर हुन्छ– जस्तै, मलाई क्यान्सर जस्तो भयंकर रोग लाग्यो भने ! जाँचमा पास नभएर बर्वाद भयो भने ! खानसमेत पाएन भने ! यस्ता मस्तिस्कमा चौविसै घण्टा चल्ने अधिकांश डरको कुनै अस्तित्व नै हुँदैन । अर्थात् ८७ प्रतिशत हाम्रो डर कहिल्यै सावित हुँदैन । यस्को मतलब हो हामी प्रायः ती कुराको लागि चिन्तित हुने गर्छौं जुन जीवनमा प्रायः घट्दै घट्दैन । अर्थात् हाम्रा अधिकांश चिन्ताको वैज्ञानिक धरातल नै हुँदैन । हामी विज्ञानमा विश्वास राख्छौं । तर, हाम्रा चिन्ता अवैज्ञानिक छन् ।

रह्यो १३ प्रतिशत डरको कुरा । ती यस्ता कुरा हुन् जुन हामीले चाहे पनि रोक्न सक्दैनौ । जस्तै मर्ला की भन्ने डर, बुढो होलाकी भन्ने डर, असफल होला की भन्ने डर, त्यस्तै अरुले धोका देला कि भन्ने डर इत्यादि । १३ प्रतिशत यस्ता घट्ना छन् जुन हामीले चिन्ता गरेर पनि रोक्न सकिँदैन । होनहार दैव नटार भनेको यही हो ।

अतः आफूले सोच्ने ८७ प्रतिशत डर हुँदै हुँदैन भने १३ प्रतिशत नकारात्मक घटना रोकिँदैन । त्यसैले यसको चिन्ता गर्नुको पनि कुनै तुक छैन । स्मरण रहोस् उपरोक्त कथामा वयलगाडा खसेर मान्छे मरेका हैनन् । मरिएलाकी भन्ने चिन्ता गरेकाहरु सवै मरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker